७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा मोहम्मद अफताब आलमको बचाउ, पुरानाे मुद्दा ब्युँताउन खाेजियाे



अ+ अ-

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आलमको बचाउ गरेका छन् । पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् ।

‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ?’ कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ?’
कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए । ‘कम्युनिस्ट र कांग्रेस फरक छन् भन्ने कुरा जनताको मन जितेरै देखाउनुपर्छ,’ स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिँदै देउवाले भने, ‘आगामी निर्वाचनमा पार्टीले जित्ने गरी काम गरेर देखाउनुहोस् ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले समेत आलमको घटनालाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा लिए । सञ्चारमाध्यमसमेत कांग्रेसीविरुद्ध लागिपरेको उनको आरोप थियो । ‘पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत कांग्रेसविरुद्ध लागेका छन्, आलमविरुद्ध आएको समाचार यसको नमुना हो,’ सिटौलाले भने । कान्तिपुर दैनिकमा खबर छ ।