२३ भाद्र २०८३, मंगलवार
,
Latest
पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजाखेती नष्ट



अ+ अ-

सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले व्यावसायिक रुपमा गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट पारेको छ । व्यावसायिक रुपमा गाँजा खेती हुने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले स्थानीयवासीले करीब १० कठ्ठा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।

अवैध रुपमा लगाइएको करीब आठ हजार ५०० गाँजाको बोट फँडानी गरी नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारबाही गरिने समेत प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।