६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति



अ+ अ-

रौतहट । प्रहरीरौतहट जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद दिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि थप ५ दिनको समय दिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको बेला बम विष्फोट हुदाँ घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलम २६ असोजमा पक्राउ परेका थिए ।