काठमाडौं । नेपालबाट भारतको दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ। आइतबार बिहान बस ट्रकसँग ठोक्किँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार बस चालक निदाएपछि ट्रकसँग ठोक्किन पुगेको हो । उक्त बसमा कम्तीमा पनि ५० जना सवार रहेको र प्राय: नेपालीहरू नै रहेका छन्। दुर्घटनापश्चात बस चालक भने फरार छन्।
घाइतेहरू नविना थापा, नन्दु, तेक बहादुर, धनकुमारी थापा, अनिता थापा,तारा,प्रेम,मुमा देवी थापा, चरन विष्ट, सुनिता विष्ट लगायतका उपचार भारतको लोहिया अस्पतालमा भइरहेको जनाइएको छ।