१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबी भ्यालीमा एक पर्यटकको मृत्यु



अ+ अ-

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । प्रहरी उपरीक्षक राजकुमार वैदवार सदरमुकामबाट हेलिकोप्टर लिएर घटनास्थलतर्फ जानु भएको छ । घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।