१५ आश्विन २०८१, मंगलवार
,
Latest
नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद अफताब आलम प्रहरी हिरासतमा, सांसदको लोगो दुरुपयोग



अ+ अ-

काठमाडौं । रौतहट २ बाट प्रत्यक्ष निर्वाचित सांसद अफताब आलम प्रहरी हिरासतमा परेको एक साता नाघिसक्यो ।

राजपुर बमकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका उनीमाथि प्रहरीले ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र बम बारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गरायो । आलम सेतो कमिज सुरुवालमाथि कालो ज्वारीकोटमा ठाँटिएका छन् । रोचक त के छ भने उनले अझै सांसदको लोगो समेत छाडेका छैनन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को २४४ को ३मा ‘फौजदारी अभियोगमा प्रक्राउ गरेका व्यक्ति प्रहरी हिरासतमा रहँदासम्म सांसदको हैसियत नरहने प्रष्ट व्यवस्था छ ।

निलम्बनमा परेर सांसदको हैसियतमै नरहेपछि आलमले सांसदको लोगो लगाउन नपाउनुपर्ने हो ।

तर, उनले हिरासतमा रहँदासमेत सांसदको लोगो लगाउन छाडेका छैनन् ।

रौतहट प्रहरी स्रोतका अनुसार आलम हिरासतमा बस्दा लुंगी लगाएर बस्ने गरेका छन् । तर, अदालतमा लैजाँदा आलम सांसदको लोगो छातीमा टाँसेर ठाँटिएर पुगेका छन् ।