२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

देव विकास बैंकको १८ करोड हिनामिना गर्ने सञ्चालकसहित ५६ विरूद्ध मुद्दा



अ+ अ-

काठमाडौं । देव विकास बैंकको १८ करोड ३ लाख ६२ हजार ८ सय १८ रुपैयाँ हिनामिना प्रकरणमा ५६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। तत्कालीन सञ्चालक खड्गबहादुर बुढाथोकीसहित ५६ जनाकाविरूद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता भएको हो।

आइतबार तुलसीपुरस्थित उच्च अदालतको वाणिज्य इजलासमा देव विकास बैंकको १८ करोड बढी रकम हिनामिना प्रकरणमा सञ्चालक बुढाथोकीसहित ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिइओसहित ६ जना कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना समेत गरी ५६ जनाविरूद्ध मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार तथा सूचना अधिकारी प्रेम खड्काले जानकारी दिए।

त्यसमध्ये पक्राउ परेका बैंकका शाखा प्रबन्धक समिर बुढाथोकी, बरिष्ठ प्रबन्धक अनिलकुमार न्यौपाने, खातावालाहरू वसन्तबहादुर बस्नेत, झगबहादुर डिसी, बन्दना गुप्ता, वीरेन्द्रकुमार गुप्ता, विजयकुमार गुप्ता, अर्जुन बस्नेत, मतकुमार पौडेल, सक्टुराम गुप्ता, वसन्त बुढाथोकी, कर्मचारीतर्फ पोषणप्रसाद जैसी र अर्चना थापा खत्री रहेका छन्।

प्रतिवादीहरूको बयान आइतबारदेखि नै सुरू भएको छ। देव विकास बैंकका सिइओ विजयबहादुर श्रेष्ठको जाहेरीका आधारमा गत भदौ ३ गते नै शाखा प्रबन्धक बुढाथोकी पक्राउ परेका थिए। बुढाथोकीको बयानका आधारमा वरिष्ठ प्रबन्धक न्यौपाने, अन्य कर्मचारी र खातावालालाई समेत प्रहरीले विभिन्न समयमा पक्राउ गरेको हो। बैंक सञ्चालकहरू र सिइओ भने फरार छन्।