२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

उन्नाइस लाख भेटी सङ्कलन



अ+ अ-

स्याङ्जा । स्याङ्जाको प्रसिद्ध तीर्थस्थल ग्रहौँसुर मन्दिरमा बडादशैँको अवधिमा रु १९ लाख ५० हजार भेटी सङ्कलन भएको छ । वालिङ नगरपालिका–८ मा रहेको ग्रहौँसुर मन्दिर परिसरमा प्रहरी पोष्ट निर्माणका लागि रु आठ लाख २० हजार सङ्कलन भएको छ ।

ग्रहौँसुर धार्मिक एवम पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाणका अनुसार भेटीस्वरुप रु तीन लाख एक हजार, पाठाको टाउको बिक्रीबाट रु दुई लाख ७९ हजार, परेवा बिक्रीबाट रु ८७ हजार, होटल भाडाबाट रु ७७ हजार, सवारीसाधन पार्किङ शुल्कबाट रु ६७ हजार, सदस्यता वितरणबाट रु ६२ हजार, दानपात्रबाट रु ४० हजार तथा दानबाट रु १६ हजार आम्दानी भएको छ । बडादशैँको अवधिभर मन्दिरमा रु तीन लाख २४ हजार खर्च भएको ग्रहौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले जानकारी दिनुभयो ।

“बचत रकम विभिन्न पूर्वाधार निर्माणमा खर्च गरिनेछ”, उहाँले भन्नुभयो, “मन्दिरको विकासका लागि बृहत्तर गुरुयोजना बनाएका छौँ ।” मन्दिरमा बडादशैँ र चैतेदशैँका अवसरमा मेला लाग्छ । बडादशैँको अवधिभर झण्डै ८० हजार श्रद्धालुले मन्दिरको दर्शन गरेको गुरुङले बताउनुभयो । यहाँ स्याङ्जासहित पाल्पा, पर्वत, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, बाग्लुङलगायत जिल्लाबाट बढीजसो भक्तजन आउने गरेका छन् ।