७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको तयारीमा जुट्यो राप्रपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको तयारीबारे विस्तृत समीक्षा गर्दै निर्वाचनको तयारीलाई सघनरुपले अगाडि बढाउन सम्बन्धित समितिलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा विभागीय प्रमुख तथा पदाधिकारीको संयुक्त बैठकले विभाग र समितिहरुलाई १५ दिनभित्र पूर्णता दिन र कार्ययोजना यथाशीघ्र तयार गर्न निर्देशन दिएको पार्टीले जनाएको छ । बैठकमा विभागीय प्रमुखले आ–आफ्नो विभागको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न हुन बाँकी रहेका जिल्लामा तिहारको लगत्तै यात्रा प्रारम्भ गर्ने निर्णय गरिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सबै प्रदेशमा सङ्गठन सुदृढीकरणका लागि छिट्टै प्रशिक्षण तथा कार्यकर्ता भेला गर्ने केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।