१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छिट्टै भेट्नुपर्छ’ भन्दै सकियो सत्तारुढ र प्रतिपक्षको बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र कांग्रेसका नेताहरुबीच छलफल भएको हो।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगमा नियुक्ति लगायतका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र मुख्य बिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,मीनेन्द्र रिजाल र रमेश लेखकबीच दुई आयोगमा गरिने नियुक्ति तथा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ।

शीर्ष नेतात्रयको भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा छलफल भएको कुराकानी नेता रिजालले बताए। बैठकमा ठोस कुनै निर्णय नभए पछि आयोग गठनबारे नेताहरुबीच पुनः छलफल गरेपछि अघि बढ्नेबारे कुरा भएको पनि रिजालले जानकारी दिए।