६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’



अ+ अ-

काठमाडौँ। भारतको ऋषिकेशस्थित जुना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न वर्तमान सरकारले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

हिन्दू स्वयंसेवक सङ्घ नेपालको आयोजनामा भएको ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उहाँले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरव उच्च रहेको बताउनुभयो । नेपाल र भारतको सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिन्न रहेको चर्चा गर्दै नेपाल एक सार्वभौम राष्ट्र भएको तथ्यलाई स्वामी अवधेशानन्दले स्मरण गराउनुभयो । उहाँले माता जानकीलाई ‘नेपालकी छोरी र भारतकी भाग्य विधाता’का रूपमा वर्णन गर्दै दुई देशबीचको अटुट सम्बन्धमा जोड दिनुभयो ।

“पाश्चात्य संस्कृतिका लागि संसार एउटा ‘बजार’ मात्र हो, तर हाम्रो सनातन संस्कृतिले संसारलाई ‘परिवार’ (वसुधैव कुटुम्बकम) मान्छ । यहाँ सबैमा एकात्मता र आत्मवत् भाव निहित छ”, स्वामी अवधेशानन्दले भन्नुभयो । नेपालको कुमारी परम्परा मौलिक एवं साक्षात् देवीको स्वरुप रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

पूर्वप्रधानन्यायधीश गोपाल पराजुलीले नेपालको मौलिकता भुलेर देश रुमल्लिरहेको बताउनुभयो । न्याय र विवेक पलायन भएपछि समाज समाजका रुपमा नरहेका्े बताउनुभयो । सङ्घका मानिसले यो अवस्थामा जागरण फैल्याउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सङ्घचालक कल्याणकुमार तिम्सिनाले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यसैगरी, सङ्घका प्रचारक कपिल भट्टले हिन्दू स्वयंसेवक सङ्घको स्थापना, यसका आधारभूत सिद्धान्त र देशभर सञ्चालित सामाजिक तथा सांस्कृतिक सेवाका विविध आयामबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको आरम्भ नेपालको विविधता र मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसँग भएको थियो । कार्यक्रममा छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्य, बाँसुरी वादन तथा शिवसतीको कथानकमा आधारित नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । मञ्चमा पूर्वकुमारी (माजु) तृष्णा शाक्यको विशेष उपस्थिति रहेको थियो । रासस