३० श्रावण २०८३, शनिबार
,
Latest
मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो । रासस