१४ भाद्र २०८३, आईतवार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ”
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन



अ+ अ-

बागमती। हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ ।

बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम सङ्कलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटेकामा बक्यौता रकम बुझाउन आउने उद्योगको पुनः लाइन जोड्ने काम पनि भइरहेको छ ।

लाइन काट्ने काम जारी रहने उल्लेख गर्दै सूचना अधिकारी भण्डारीले शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण सोमबारदेखि मात्रै उक्त कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी कूल १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी करिब रु १३ करोड रहेको र बक्यौता रकम नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने कार्यालयले जनाएको छ । रासस