एजेन्सी । यस वर्षको वालेन डी’ओर को प्रारम्भिक सूचीमा ईङ्लिस क्लब लिभरपुलको हुकुमत देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका मात्रै ७ खेलाडी परेका छन् । मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जिन्हो विजनाल्डम र एलिसन लिभरपुलबाट अवार्डको सूचीमा परेका हुन् । यस्तै म्यान्चेष्टर सिटीका पनि ५ खेलाडी सूचीमा परेका छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचीमा छन् ।
यस्तै यता टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन पनि सूचीमा ठाउँ बनाउन सफल भएका छन् । पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचीमा छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन भने प्रारम्भिक सूचीमै अटाउन सकेनन् ।
बार्सिलोनाबाट मेस्सी सहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन परेका छन् । आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् । रियल मड्रिडका फरवार्ड ईडेन हजार्डले समेत सूचीमा स्थान बनाएका छन् ।