७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

“वर्तमान सरकारले असफल हुदैन”



अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले वर्तमान सरकारले राम्रा काम गर्दै गएकाले अ-सफल नहुने बताउनुभएको छ । नेकपा रुपन्देही तिलोत्तमा वडा नम्बर ७ शाखा कमिटीले विजयादशमी, दीपावली, छठ र नेपाल संवत्का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको भन्दै उहाँले आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बनाएको बताउनुभयो ।

उहाँले कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएकाले केही पनि गर्न सकेन भनेर आलोचना गर्नु कुनै अर्थ नभएको समेत बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना पार्टीले बनाएको पनि नेता विश्वकर्माको भनाइ छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले सरकारको सफलताबाट आत्तिएकाले आलोचनामा समय खर्च गरिरहेको बताउनुभयो । नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो ।