१ आश्विन २०८३, बिहीबार
,
Latest
भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा आजपनि प्रमुख प्रतिपक्षको विरोध, बैठक अवरुद्ध



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेको छ ।
     
बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्मा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताउनुभयो । उहाँले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह गर्नुभएको थियो । 

उहाँले संसदीय व्यवस्था सिद्धान्तमात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैँ नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसदलाई पुनःध्यानाकर्षण गराउनुभयो । 

जनप्रतिनिधिको सर्वोच्च निकाय संसद् एवं सदस्यले स्वीकृत विधि र नियम पालनामा सांसद सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उहाँले आग्रह गर्नुभएको थियो । सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटकपटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनुभयो ।
    
गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।