१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण



अ+ अ-

बनेपा । तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिए । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् ।

परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ खन्युखर्कमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका १२ र ‘घ’ वर्गका पाँच गरी १९ जना, वडा नं २ चुखामा ‘क’ वर्गका एक, ‘ख’ वर्गका नौ, ‘ग’ वर्गका १० र ‘घ’ वर्गमा चार गरी २४ जना, वडा नं ३ सरमथलीमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका छ, ‘ग’ वर्गका तीन, ‘घ’ वर्गका एक गरी ११ जना र वडा नं ४ बोल्देमा ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका चार र ‘घ’ वर्गका तीन गरी १० जना रहेका छन् ।

प्रत्येक वडा÷वडामा नै पुगेर गरिएको विवरण सङ्कलनका आधारमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसखाले कार्यक्रमबाट अपाङ्गता भएकाहरुको वास्तविक स्थितिको पहिचान हुनुका साथै तिनको संरक्षण तथा उपचारमा सहजता आउने गाउँपालिका अध्यक्ष तामाङले बताए । जन्मजात वा प्राकृतिक तथा दैविक प्रकोपबाट भएको अपाङ्गताका आधारमा वर्गीकरण गरी परिचयपत्र दिने गरिएको गाउँपालिकाले जनाएको छ ।