२ असार २०८३, मंगलवार
,
Latest
कञ्चनपुरमा ‘डिएपी’ मल अभाव अध्यक्ष सिटौलाकाे प्रश्न्ः विद्युतीय सवारीसाधन सञ्चालनको मापदण्ड, कार्यविधि र व्यवस्थापनसम्बन्धी नीति खोई ? सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सांसदहरूकाे आग्रह यस्ता छन् लुम्बिनी प्रदेशकाे बजेटको विशेषता सरकारसँग सांसदहरूको मागः मूल्यवृद्धि नियन्त्रण, डुबानलगायतका समस्या तत्काल समाधान गरियोस् प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपा सांसद लामाको माग राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन जथाभावी रुट परमिट वितरणले बढायो दुर्घटना, कारबाही रकम बढाउनुपर्ने ट्राफिक प्रमुख काफ्लेको सुझाव विषादीयुक्त भारतीय आँपभन्दा स्वदेशी आँप उपभोग गर्न उपभोक्ता मञ्चका अध्यक्ष महर्जनकाे आग्रह बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा आज पनि मन्त्रालयगत बजेटमाथि छलफल



अ+ अ-

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ ।

संसद सचिवालयले बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाएको हाे । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुने भएकाे छ ।

जस अनुसार मंगलबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएकाे हाे ।

बैठकमा सांसदहरूले मन्त्रालयहरूको खर्च रकम घटाउन खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । त्यसैगरी, सभामुखले प्रतिनिधिसभाका पूर्वसदस्य मंगल प्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको सचिवालयले जनाएकाे हाे ।