६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एएफसी फुटसल च्याम्पियनसिप: आज अफगानिस्तान विरुद्द नेपाल खेल्दै



अ+ अ-

काठमाडौं । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा आज (शुक्रबार) अफगानिस्तान विरुद्द नेपालले प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अफगानिस्तानको सामना गर्न लागेको हो । नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार ३ः१५ मा सुरु हुने बताईएको छ ।

इरानको उर्मियामा अफगानिस्तानविरुद्ध प्रतिस्पर्धामा नेपाल अहिले सान्त्वना जितको खोजीमा छ । यस्तै नेपाल पहिलो अंक जोड्न चाहन्छ । तुलनात्मक सहज प्रतिद्वन्द्वी अफगानिस्तानविरुद्ध नेपाल जित वा बराबरीको नतिजा निकाल्दै छनोटको दुखद विदाई गर्ने योजनामा हुनेछ । छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो ।

यता, अफगानिस्तान पनि पहिलो जित र पहिलो अंकको खोजीमा रहेको छ । अघिल्ला दुई खेलमा हार व्यहोरेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराउँदै अफगानिस्तान सान्त्वना जितसहित घर फर्कन चाहन्छ । उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् । फाइनल चरणको खेल फेब्रुवरी २७ देखि मार्च ८ गतेसम्म तुर्कमेनिस्तानमा आयोजना हुनेछ ।