६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो नेपाल युएस्-केण्ड ल्याण्ड फोर्स टक सम्पन्न



अ+ अ-

नेपाली सेना र युनाईटेड स्टेट आर्मी प्यासिफिक बीच संचालन हुने दुईदिने नेपाल-युएस् सेकेण्ड ल्याण्ड फोर्स टक नेपाली सेनाको जंगी अड्डा परिसरमा संचालन भएको छ । पहिलो पटक २०७५ जेष्ठ महिनामा संचालन भएको यस कार्यक्रमको यो दोस्रो संस्करण हो ।

नेपाली सेनाका रथीवृन्द र अधिकृतहरु १९ जना तथा युनाईटेड स्टेट आर्मी प्यासिफिकको १६ (सोह्र) जनाको टोली सहभागी उक्त कार्यक्रमको उद्देश्य नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिबृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायिकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले संचालन गर्दै आइरहेको सैनिक कारवाहीका अनुभवहरु आदान प्रदान गर्नु रहेको जनाईएको छ ।

उक्त कार्यक्रममा अमेरिकी सेनाका मेजर जनरल डानिएल एफ म्याक डानिएल सहित उनैको नेतृत्वमा १६ (सोह्र) सदस्यीय टोली समेत गते नेपाल आएको थियो । भेटवार्ताको क्रममा दुई देश बीचका सेनाको पारस्परिक सम्बन्ध र पेशागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । यस प्रकारका कार्यक्रमहरुले दुई देशका सेना बीच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेशागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।