३० श्रावण २०८३, शनिबार
,
Latest
गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान



अ+ अ-

न्युयोर्क। संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मानवीय कानूनअनुसार गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा गर्न आह्वान गरेको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले विज्ञप्ति जारी गर्दै गाजामा नागरिक तथा नागरिक पूर्वाधार, सहायता कर्मी र उनीहरूको सम्पत्ति इजरायली हवाई आक्रमण र गोलाबारीको जोखिममा रहेको  चेतावनी दिएको छ ।

पछिल्लो इजरायली हवाई आक्रमणले देइर अल/बलाहमा एउटा मानवीय सङ्गठनको भवनलाई क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ भने पूर्वाधारमा भएको क्षेतिका कारण केरेम अबु सलेम सिमा हुँदै गाजामा आपूर्तिको प्रवेश पनि घटेको जनाइएको छ । पश्चिम क्षेत्रका बासिन्दाका लागि पानी र सरसफाइ सेवाको पहुँचको कमि र उत्तरी वेस्ट ब्याङ्क, दक्षिणमा मासफर यट्टा र अन्य क्षेत्रमा बसोबास गर्नेका लागि द्वन्द आवागमन प्रतिबन्धको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले आफ्ना मानवीय साझेदारसँग मिलेर कमजोर परिवारका लागि गाजामा खाना, औषधिलगायतका समाग्री आपूर्ति ढुवानी गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन र यसका साझेदारले २६ जना बिरामी र उनीहरूका साथीको लागि आवाश्क मेडिकल निकासीलाई पनि सहयोग गरेका छन् । रासस/क्युएनए