१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक
अ अ+ अ-

काठमाडाैँ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लु्म्बिनीले आधुनिक सूचना प्रविधिको सदुपयोग गरी समुदायलाई सचेत गराउँदै शान्ति सुरक्षा, अमन, चयन कायम गर्न तीनदिने कार्यक्रम सार्वजनिक गरेको छ ।

सो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रविधि, शान्ति र सामुदायिक सचेतनालाई एकै सूत्रमा बाँधेर कार्ययोजना अघि सारेको बताउनुभयो । उहाँले बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा ‘ह्याक फर सेफ्टी’ र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सामुदायिक जागरूकता कार्यक्रमसहित बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पदयात्रा सञ्चालन गरी शान्ति सुव्यवस्थाका पक्षमा प्रदेश प्रहरी अघि बढेको जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक खत्रीले भन्नुभयो, “सार्वजनिक सुरक्षाका चुनौतीसँग जुध्न आधुनिक सूचना प्रविधिको सदुपयोग हुन आवश्यक छ । ‘ह्याक फर सेफ्टी’ मार्फत युवा, विद्यार्थी, ‘डेभलपर’ तथा नवप्रवर्तनकर्तालाई सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धानमा सहयोग तथा प्रहरी सेवासँग सम्बन्धित समस्या समाधानका लागि नवीन उपाय विकास गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ ।

सोहीअनुसार रचनात्मक कार्यक्रम सञ्चालन हुनेछ ।” त्यसैगरी, बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने शान्ति पदयात्रामार्फत शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न लागेको प्रदेश प्रहरीले जनाएको छ । सो पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न सङ्घसंस्थाको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रदेश प्रहरीका अनुसार बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायिक जागरूकता कार्यक्रममा साइबर अपराध, लागुऔषध दुव्र्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा तथा सामाजिक विकृतिविरुद्ध सचेतना अभिवृद्धिका पक्षमा विभिन्न कार्यक्रम हुनेछ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले यही जेठ ३० गते सुरु भई असार १ गते सम्पन्न हुने तीनदिने विशेष अभियानमा व्यापक जनसहभागिता रहने र यसबाट प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।