१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक २०८३ माथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पौडेलले उक्त सम्पदाले ऐतिहासिक पारम्पारिक ज्ञान पद्धतिलाई मान्यता दिने पनि स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सभाबाट उत्पति भई प्रतिनिधि सभामा आएको उक्त विधेयकमा धेरै कुरा छुटेको पनि बताउनु भयो । मन्त्री पौडेलले यो सम्पदाको संरक्षणमा स्थानीय तह बढी जिम्मेवार हुने बताउनु भयो ।

मन्त्री पौडेलले सरकारले स्थानीय सरकारमार्फत नै उक्त सम्पदाहरुको संरक्षणमा जोड दिने नीति लिएको पनि दाबी समेत गर्नुभयो ।