२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट



अ+ अ-

चितवन । चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स कुखुरा नष्ट गरिएको छ ।

खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो ।

पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए ।

उनका अनुसार लगातार तीनदिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रुपमा सरसफाइ गरी सिल गरिएको हो । यस्तै सो फार्मबाट एक हजार ४०५ पेटी अण्डा, १२ टन दानासमेत नष्ट गरिएको प्रमुख डा.प्रभात न्यौपानेले जानकारी दिए ।

“पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना पठाएका थियौँ । त्यहाँबाट एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि हामीले तीन दिन लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हौँ”, उनले भने । प्रमुख डा‍.न्यौपानेका अनुसार अन्य स्थानमा नमूना सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।

यसअघि चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो । नेपालमा कुखुराजन्य क्षेत्रमारु ७० अर्बभन्दा बढी लगानी छ । रासस