२५ भाद्र २०८३, बिहीबार
,
Latest
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ



अ+ अ-

काठमाडौँ। अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौँको चन्द्रागिरि बस्दै आएकी श्रेष्ठलाई टेकुबाट पक्राउ गरिएको हो । उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलेको छ ।

पक्राउ परेका श्रेष्ठले रकम लिएपछि पीडितलाई लामो समयसम्म झुक्याएर राखेको तथा विदेश पठाउन छाडेर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी कार्कीले बताउनुभयो । रासस