५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

उपनिर्वाचनका लागि नेकपा चितवनको उम्मेदवार घोषणा

उपनिर्वाचनका लागि नेकपा चितवनको उम्मेदवार घोषणा
अ+ अ-

भरतपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ ।

सो निर्वाचनमा नेकपाको तर्फबाट भरतपुर महानगरपालिका–१६ मा भक्तराज हमाल, खैरहनी नगरपालिका–४ मा वेदबहादुर अधिकारी र खैरहनी–५ मा पुननारायण प्रधानलाई स्थानीय तहको सर्वसम्मत सिफारिशको आधारमा उम्मेदवार बनाउने निर्णय भएको नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यस्तै नेकपा चितवनले निर्वाचनलाई व्यवस्थितरूपमा परिचालन गर्नका लागि पार्टी जिल्ला अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २५१ सदस्यीय जिल्लास्तरीय निर्वाचन परिचालन कमिटी, नेकपा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको संयोजकत्वमा छ सदस्यीय अनुगमन समिति, तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला प्रचारप्रसार समिति, पार्वती रावल संयोजक र अन्जन तिमिल्सिना उपसंयोजक रहेको १५१ सदस्यीय भरतपुर महानगरपालिका वडा नं १६ निर्वाचन परिचालन कमिटी चयन गरेको छ ।

यस्तै खैरहनी नगरपालिका–४ मा कमल पाठक संयोजक र रामेश्वर पोखरेल उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र खैरहनी नगरपालिका–५ मा जगन्नाथ आचार्य संयोजक र झगरु चौधरी उपसंयोजक रहेको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको छ । राजधानी दैनिकबाट