२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार



अ+ अ-

काठमाडौँ। इरानको इस्लामिक रिभोल्युसन गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिण–पश्चिमी इरानमा रहेको एक पेट्रोकेमिकल कम्पनीमाथि भएको अमेरिकी र इजरायली आक्रामक कदमको बदलास्वरूप सोमवार उत्तरी इजरायली शहर हाइफामा रहेका समान उद्योगहरूमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।

आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै इरानका गैरसैनिक लक्ष्य र तेल उद्योगहरूलाई निशाना बनाएर इजरायली शत्रुले एउटा खतरनाक खेल शुरु गरेको र यसको दायराले पश्चिम एशियाली क्षेत्रका सम्पूर्ण ऊर्जा लक्ष्यहरूलाई समेट्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ कि विश्व अर्थतन्त्रमा पर्न सक्ने यस खतरनाक खेलको परिणामका लागि संयुक्त राज्य अमेरिका जिम्मेवार हुनेछ ।

यसअघि सोमबार बिहान इजरायलले इरानको दक्षिण–पश्चिमी खुजेस्तान प्रान्तमा रहेको कारुन पेट्रोकेमिकल कम्पनीमा हवाई आक्रमण गरेको थियो, जसबाट पेट्रोकेमिकल परिसरको केही भागमा क्षति पुगेको अर्ध–सरकारी समाचार एजेन्सी फार्सले जनाएको छ ।

फार्सले खुजेस्तानका सुरक्षा मामिला हेर्ने उप–गभर्नर वलियुल्लाह हयातीलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो ।

हयातीकाअनुसार हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन र थप विवरणहरू पछि सार्वजनिक गरिने छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल