२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार



अ+ अ-

कञ्चनपुर।  पर्यावरणमैत्री पर्यटन प्रवद्र्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास (होमस्टे)मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ ।

विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ ।

शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा आठ वटा होमस्टे घरमा सोलार ‘ब्याकअप’ प्रणाली जडान गरिएको हो । कनेक्ट परियोजनाका टिम लिडर मनोजप्रसाद ओझाका अनुसार आठवटै घरमा प्रणाली जडान गर्न रु सात लाख ५९ हजार ५२० खर्च भएको छ । प्रतिघर रु ९४ हजार ९४७ का दरले सोलार प्रणाली जडान गरिएको उहाँले बताउनुभयो ।

हिमाली प्रकृतिका प्राविधिक सुपरभाइजर पुरनसिंह ठगुन्नाले सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जा प्रवद्र्धन, जीविकोपार्जनमा सुधार तथा होमस्टेको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुगेको बताउनुभयो । “ग्रामीण पर्यटनलाई दिगो र वातावरणमैत्री बनाउन सौर्य ऊर्जाको प्रयोग प्रभावकारी माध्यम हो”, उहाँले भन्नुभयो ।

होमस्टे सञ्चालक खुशीराम चौधरीले सोलार ब्याकअप प्रणाली जडान भएपछि बत्ती जाने समस्याबाट मुक्त भएको बताउनुभयो । “पहिले विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई असहज हुन्थ्यो, अहिले होमस्टेमा बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कोठामा बत्ती, पङ्खा, ‘मोबाइल चार्जिङ’ र अन्य आधारभूत सेवा निरन्तर उपलब्ध गराउनसक्ने भएका छौँ”, उहाँले भन्नुभयो । यसले पर्यटकको बसाइलाई थप सहज र आकर्षक बनाएको उहाँको अनुभव छ ।

स्थानीय टिकुराम डगौराले ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा कहिलेकाहीँ आउने अवरोधले पर्यटन व्यवसाय प्रभावित हुने गरेको थियो । सौर्य प्रणाली जडानपछि होमस्टे ऊर्जाको वैकल्पिक स्रोतसँग जोडिएका छन् । जसले सेवा प्रवाहलाई भरपर्दो बनाएको छ ।

सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउने, कार्बन उत्सर्जन कम गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने अनुगमनमा पुग्नुभएका शुक्लाफाँटा नगरपालिकाका नगरउपप्रमुख कल्पना पन्तले बताउनुभयो ।

“विशेषगरी प्रकृति र पर्यावरणमा आधारित होमस्टे तथा ग्रामीण पर्यटन क्षेत्रमा यस्ता प्रणालीले दिगो पर्यटनको अवधारणालाई बल पुर्‍याउने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो ।

खयरकन्द्रा सामुदायिक होमस्टे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रको संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यसँग परिचित गराउने गन्तव्यका रूपमा परिचित छ ।

सौर्य ऊर्जामा आधारित पूर्वाधार विस्तारसँगै यहाँको पर्यटकीय सेवा र आकर्षण थप सुदृढ हुने अपेक्षा गरिएको छ । होमस्टेमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पर्यटकलाई बस्ने सुविधा संगै रुचि अनुसारको थारु परिकार पस्कीने गरिन्छ । सांस्कृतिक नृत्य पनि देखाउने व्यवस्था होमस्टेमा रहेको छ ।  रासस