११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई

नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई
अ अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्यथा नेपाली जनतासमक्ष आफ्नो भनाइ सच्याउनुपर्ने उहाँको भनाइ छ ।

राईले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको दाबी गर्नुभयो । उहाँले नेपाली भूमिमा सेना तैनाथ गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले हाम्रो सीमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ कहाँ अतिक्रमण गरेको हो भन्नेबारे पुष्टि गर्नुपर्छ । होइन भने नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाई सच्याउनुपर्छ । त्यो कुरा नसच्चिएसम्म अर्को विषयमा प्रवेश गर्नु मिथ्या रहन्छ किनभने देश र रहनको भूगोल चाहिन्छ । भूगोल बिनाको देश हुँदैन । आफ्नो मुलुकको भुगोलको रक्षा गर्नुको सट्टा प्रधानमन्त्रीज्यूले जे अभिव्यक्ति दिनुभयो त्यसले हामी आन्दोलित छौँ, आक्रोशित छौँ । उहाँ आफैंले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’

प्रधानमन्त्री साहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले समेत भारतको भूमि अतिक्रमण गरेको विवादित अभिव्यक्ति दिनुभएको थियो ।