११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत



अ+ अ-

पाँचथर। राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

आज फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र्र लावती निर्वाचित हुनुभएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहान तथा प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित हुनुभएको छ ।

यसैगरी, ३२ वटा विभाग गठन भएको नवनिर्वाचित सहसचिव कविहाङ सेलिङले जानकारी दिनुभयो । नयाँ कार्यसमितिका सभापति गुरुङ र उपसभापति तामाङ पुरानै जिम्मेवारीमा दोहोरिनुभएको हो ।

अधिवेशन उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न दल तथा स्वतन्त्र व्यक्ति प्रवेश गरेको रास्वपा पाँचथरले जनाएको छ । रासस