२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे



अ+ अ-

ललितपुर। सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा हुने व्यवस्था लागू भएपछि ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढेको छ । आज पनि चिडियाखानामा आगन्तुकको चहलपहल उल्लेखनीय रूपमा बढेको हो ।

चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब एक हजार ७०० देखि एक हजार ८०० जना आगन्तुक आउने गरेकामा शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनाले भ्रमण गर्ने गरेका छन् ।

चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब १० लाख आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका छन् । आइतबारको बिदाका कारण आगन्तुक सङ्ख्या थप बढ्ने र त्यससँगै आम्दानीमा पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि रु १००, विद्यार्थीका लागि रु १५० तथा अन्य आगन्तुकका लागि रु २५० प्रवेश शुल्क लिने गरेको छ ।

गत आर्थिक वर्षमा करिब रु १८ करोड आम्दानी गरेको चिडियाखानाले चालु आवमा करिब रु २१ करोडसम्म आम्दानी गर्ने अनुमान गरेको छ ।

सूचना अधिकारी कोइरालाका अनुसार चिडियाखाना परिसरमा प्रक्रियागत रूपमा सञ्चालन भएका बोटिङ, रेष्टुरेन्ट, चिल्ड्रेन पार्कलगायत गतिविधिले पनि आम्दानी बढाउन योगदान पुर्याएका छन् ।

चिडियाखानाका कार्यालय प्रमुख सत्यनारायण शाहले बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म टिकट काउन्टर खुला रहने बताउँदै बेलुकातिर आगन्तुकको सङ्ख्या अझ बढी हुने जानकारी दिनुभयो । उहाँका अनुसार चिडियाखानामा पूर्वाधार सुधारका काम पनि भएका छन् ।

आगन्तुकको सुविधाका लागि फल्चा निर्माण, प्रकाश व्यवस्थापन तथा अन्य संरचनागत सुधार गरिएकाले भ्रमण अनुभव थप सहज बनेको छ ।

चिडियाखानाको टिकट काउन्टर साँझ ६ः०० बजेसम्म हुनुका साथै साँझ ७ः०० बजेसम्म चिडियाखाना परिसर खुला रहने व्यवस्था गरिएकाले पनि आगन्तुकको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।  रासस