३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जित्नुभएको थियो, भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्यताका कारण खेल छोडनुभएको थियो । अध्यक्ष थापालाई खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशम्शेर जबरा पनि आज स्वदेश फिर्ता हुनुभएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । गत असोज १८ गते निजी भ्रमणमा बेलायत जानुभएका राणालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । दुबै पार्टीको एकताका लागि अनौपचारिक प्रयास भइरहेको जनाइएको छ ।