७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षद्वय थापा र राणा स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जित्नुभएको थियो, भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थ्यताका कारण खेल छोडनुभएको थियो । अध्यक्ष थापालाई खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशम्शेर जबरा पनि आज स्वदेश फिर्ता हुनुभएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । गत असोज १८ गते निजी भ्रमणमा बेलायत जानुभएका राणालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । दुबै पार्टीको एकताका लागि अनौपचारिक प्रयास भइरहेको जनाइएको छ ।