५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

ग्रान्डीमा ‘ह्विप’ जारी गरी प्रधानमन्त्री ओलीको उपचार

ग्रान्डीमा ‘ह्विप’ जारी गरी प्रधानमन्त्री ओलीको उपचार
अ+ अ-

अस्पतालमा प्रधानमन्त्री ओलीका दुई दिन:प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ९ बजे धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगियो । रगतमा पानीको मात्रा बढी भएर, शरीर सुन्निएर ज्वरोसमेत आएपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको खकार, पिसाबलगायत आवश्यक स्वास्थ्य जाँच गरियो । चिकित्सकका अनुसार क्रेटानिनको मात्रा बढी देखिएको थियो । तत्कालै उपचार गर्नुपरेपछि चिकित्सकले अल्ट्रा फिल्ट्रेसनमार्फत शरीरको पानी सफा गरेका थिए ।

अस्पतालको नवौँ तला सिल: प्रधानमन्त्रीको निजी चिकित्सक नेफ्रोलोजिस्ट डा. दिव्या सिंहको नेतृत्वमा उपचार गरिएको थियो । अस्पतालको नवौँ तला सिल गरेर प्रधानमन्त्रीलाई राखिएको चिकित्सकहरूले बताए । त्यहाँ सीमित सुरक्षाकर्मी र उपचारमा आवश्यक पर्ने चिकित्सकलाई मात्रै जान दिइएको थियो । डा. दिव्या सिंह शाह, आइसियू विभाग प्रमुख डा. सुवास आचार्यलगायत केही मेडिकल अफिसर उपचारमा खटिएको अस्पताल स्रोतले जनायो ।

ह्विप जारी:स्रोतका अनुसार स्वास्थ्यबारे सूचना नचुहाउन प्रधानमन्त्री र उनीनिकटले ह्विप नै जारी गरेका थिए । उपचारमा संलग्न एक चिकित्सकले बिहीबार दिउँसो पत्रकारसँगको भेटमा भनेका थिए, ‘हामीलाई केही थाहा छैन मात्रै भन्नु भन्ने आदेश छ । त्यसैले उहाँबारे हामीलाई केही थाहा छैन ।’ बिहीबार अस्पताल पुगेका नेकपा नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्रीलाई भेट्न पाएनन् ।

दिउँसो ३ बजे नेकपा अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए । उनले झन्डै एक घन्टा अस्पतालमा बिताए । प्रधानमन्त्रीको स्वास्थ्य राम्रो भएको भन्दै उनी बाहिरिएका थिए । मिडियाको दबाबका बीच अस्पतालले साँझ ५ बजे पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिएको हो । औपचारिक जानकारी दिए पनि अस्पतालले नियमित डायलाइसिस गर्ने या नगर्नेबारे निर्णय दिन सकेन । नयाँ पत्रिका दैनिकबाट