५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

जबर्जस्ती करणी उद्योगमा महराविरुद्ध मुद्दा दर्ता: सात वर्ष कैद सजायको माग

जबर्जस्ती करणी उद्योगमा महराविरुद्ध मुद्दा दर्ता: सात वर्ष कैद सजायको माग
अ+ अ-

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । संघीय संसद्मा कार्यरत एक महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा महराविरुद्ध मुलुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसुर गरेको अभियोगको मागदाबी गरिएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर, दफा ३४ को ३ मा कसुरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुनेछ । यसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि पाँच वर्षको कैद सजाय माग दाबी गरेको छ । महरा सार्वजनिक ओहोदामा बसेको व्यक्ति भएकाले उनलाई थप बढी सजाय माग दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको हुँदा उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरिएको छ । महराले संघीय संसद्को सभामुखको दुरुपयोग गरी कसुर गरेकाले उनीविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए । सरकारी वकिल कार्यालयले यी दुवै कसुर जोडेर पाँचदेखि सात वर्षसम्म कैद सजाय हुनुपर्ने माग दाबी रहेको छ ।

मुद्दा दर्ता भएसँगै महरालाई शुक्रबार अदालतमा बयानका लागि उपस्थित गराइनेछ । ‘बिहीबार महराको बयान गर्न समय नभएपछि शुक्रबार ११ बजेपछि बयान सुरु हुनेछ,’ काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘उनको बयान नसकिए आइतबारसम्म मुद्दाको पेसी सर्न सक्नेछ ।’ महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएसँगै शुक्रबार अदालतले गोलाप्रथाबाट एक न्यायाधीशलाई इजलास तोक्नेछ ।

शुक्रबार महराको बयान पूरा भएर थुनछेक बहस भए धरौटीमा छाड्न सक्ने, पुर्पक्षका लागि जेल चलान गर्ने या सामान्य तारेख यी तीनमध्ये एउटा आदेश अदालतले गर्नेछ । महरालाई जबर्जस्ती करणी उद्योगमा महिलाको उजुरी परेपछि सभामुख निवासबाटै १९ असोजमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि पटकपटक म्याद थप गरेर २० दिनभन्दा बढी प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिमाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो ।

अनुसन्धानमा महराले प्रहरीलाई आफूले संसद् कार्यालयकी ती कर्मचारीमाथि बलात्कार प्रयास नगरेको बयान थिए । आफ्नो चिनजानको मान्छे भएको तर बलात्कारको प्रयास नभएको र ती महिलाको कोठामा नपुगेको बयान प्रहरीलाई दिएका थिए । पीडित भनेकी महिलाले आफू कहाँ आएर महराले जबर्जस्ती करणी प्रयास गरेको भन्दै सार्वजनिक अन्तर्वार्ता दिएकी थिइन् । घटना सार्वजनिक भएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।

के छ अभियोगपत्रमा ?सभामुखजस्तो गरिमामय पदमा आसीन प्रतिवादीले आफ्नो पदको दुरुपयोग गरी १२ असोजमा निजले सरकारले उपलब्ध गराएको जिम्मेवार सुरक्षाकर्मीलाई निवासबाट बाहिरिँदा यकिन जानकारी नदिएको उल्लेख छ । सभामुखले आफ्नो हैसियतको कुनै हेक्का नराखी सोको संवेदनशीलताप्रति बेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादकपदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोतल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबर्जस्ती मादकपदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबर्जस्ती करणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हबल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ । आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । त्यस्तै, पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ । प्रहरीसमक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको उल्लेख गरिएको छ । राजधानी दैनिकबाट