२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ



अ+ अ-

काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गर्नुभएको छ ।

सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनअपेक्षाअनुसार काम हुन नसके पार्टीले सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिनुभएको हो । पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेर उनीहरूका समस्या र मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने बताउनु भयो ।

आगामी स्थानीय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गर्दै पार्टीले संगठन विस्तारको विशेष योजना अघि सारेको छ । घिसिङकाअनुसार पार्टीले प्रत्येक वडा र गाउँपालिका तहसम्म आफ्नो उपस्थिति मजबुत बनाउन ‘उज्यालो अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ ।

संगठनलाई जरादेखि नै बलियो बनाउँदै आगामी निर्वाचनमार्फत आफ्नो सरकार स्थापित गर्ने लक्ष्य पार्टीले लिएको छ । युवा वर्गलाई लक्षित गर्दै पार्टीले रोजगारी सिर्जना र लगानीका क्षेत्रमा नयाँ योजनाहरू ल्याउने प्रतिवद्धता जनाएको छ । युवाहरूलाई देशको अर्थतन्त्र र लगानी प्रवद्र्धनमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सत्तामा पुग्नु अनिवार्य नरहेको तर्क गर्दै घिसिङले सरकार बाहिर रहेर पनि आफ्नो पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो । जनतामा व्याप्त निराशालाई चिर्दै देशको समृद्धिका लागि पार्टीले आफ्ना कार्ययोजनासहित सक्रियता बढाउने उहाँको भनाइ छ ।




भर्खरै