२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते



अ+ अ-

काठमाडाैँ । भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट ९आईसीयू० मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अधिकारीले पुष्टि गरेका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । स्थानीय अग्निशमन विभागका अनुसार स्थानीय समय अनुसार बिहान करिब ३ः५५ मा आगलागी भएको हो । आगलागी हुँदा आईसीयू भित्र १३ जना बिरामी थिए ।

करिब २० जना बिरामीलाई अग्निशमन विभागका कर्मचारीहरूले उद्धार गरी उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार बिजुलीको सर्किटका सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ ।