५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग



अ+ अ-

काठमाडाैँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले आज विज्ञप्ति जारी गरी प्राधिकरणको पुनःसंरचना गर्दा स्थानीय सरकार र समुदायको भूमिका सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले विद्युत् वितरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण गर्न र सेवालाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गर्नुभयो । “विद्युत् वितरण व्यवस्थापनमा स्थानीय सरकार र सामुदायिक संस्थाको सक्रिय सहभागिता भएमा मात्र सेवा प्रवाह छिटोछरितो र जवाफदेही बन्न सक्छ”, अध्यक्ष ज्ञवालीले भन्नुभयो ।

महासङ्घले ५० युनिटभन्दा बढी खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत् महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदायमैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि, सिँचाइ र उद्योगमा विद्युत् खपत बढाउन विशेष सहुलियत प्याकेज ल्याउनुपर्ने मागसमेत गरेको छ ।

नेपालमा हाल करिब चार हजार ९०० मेगावाट विद्युत् उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढाउनु आवश्यक रहेको महासङ्घले जनाएको छ ।