३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना

नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित

नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
अ+ अ-

काठमाडाैँ । नेपाल समूह ‘ए’ को विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ। सिङ्गापुर राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। यसअघि पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले हराएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रनको विशाल स्कोर बनाएको थियो। नेपालको इनिङ्समा कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गर्दै १२६ रनको योगदान दिए। उनले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे। यो प्रतियोगितामा उनको यो लगातार दोस्रो शतक हो भने टी–२० करियरको तेस्रो शतक समेत हो। साथै, उनी लगातार दुई खेलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।

त्यस्तै, आसिफ शेखले पनि विस्फोटक ब्याटिङ गर्दै ६८ रन जोडे। उनले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रनको योगदान दिए भने सन्दीप जोरा १५, लोकेश बम १० र कुशल मल्ल अविजित ९ रनमा रहे।

मलेसियाका तर्फबाट भिरनदीप सिंहले ३ विकेट लिए भने विजय उनई र कप्तान सयद अजिजले २–२ विकेट हात पारे।

२७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमै समेटियो। मलेसियाका कप्तान सयद अजिजले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनियान्डीले १८ रन र मोहम्मद हाजिकले १३ रन बनाए भने बाँकी खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका शेर मल्लले ३ विकेट लिए भने सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले १–१ विकेट लिए।

यो जितसँगै नेपाल समूह विजेता बनेर एसियन गेम्समा स्थान सुरक्षित गरेको छ। मलेसिया पनि यसअघि नै छनोट भइसकेको थियो भने लगातार दोस्रो हारपछि चीन प्रतियोगिताबाट बाहिरिएको छ। समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्, जहाँ शीर्ष दुई टोलीले एसियन गेम्समा स्थान बनाउने प्रावधान छ।