६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूहरू वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीका उपभोक्ता नभई यसका निर्माता भएको दाबी गर्नुभएको छ।

बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उहाँले एमालेसहितका विपक्षी दलहरू व्यवस्था उपभोग गर्न मात्र नभई यसलाई निर्माण, सुदृढीकरण र जनविश्वास कायम गर्न जिम्मेवार भएर अघि बढिरहेको बताउनुभयो। उहाँले यो व्यवस्था संसदीय प्रक्रियामार्फत नै समाज रूपान्तरण र समाजवादतर्फ अघि बढ्ने आधार भएको उल्लेख गर्नुभयो।

महरले संसद्मा प्रतिपक्षले विरोधका लागि मात्र विरोध नगरेको स्पष्ट पार्दै आफूहरू रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा रहेको बताउनुभयो। सरकारका सकारात्मक काममा समर्थन र गलत काममा खबरदारी गर्ने नीति एमालेको रहेको उहाँको भनाइ छ।

उहाँले संसद् जनताको आवाज उठाउने, कानुन निर्माण गर्ने र सरकारलाई उत्तरदायी बनाउने सर्वोच्च थलो भएकाले यसको अवरोध उचित नभए पनि वर्तमान परिस्थितिले आफूहरूलाई बाध्य बनाएको दाबी गर्नुभयो। “हामीले रहरले होइन, बाध्यताले संसद् अवरोध गरेका हौँ,” उहाँले भन्नुभयो।

सरकार र सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै महरले सत्तापक्षमा “सर्वसत्तावादी प्रवृत्ति” देखिएको आरोप लगाउनुभयो। बहुमतका आधारमा संविधान, कानुन र संसदीय अभ्यासको बेवास्ता गरिएको भन्दै उहाँले त्यसको विपक्षमा सशक्त रूपमा उभिने चेतावनी दिनुभयो।

उहाँले संविधान, लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा एमाले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै आवश्यक परे कडा विरोध जारी रहने बताउनुभयो।

प्रधानमन्त्रीको संसदीय आचरणप्रति टिप्पणी गर्दै उहाँले प्रधानमन्त्री संसद्मा प्रस्तुत हुने शैली असंसदीय रहेको आरोप लगाउनुभयो। साथै, संसदलाई उपेक्षा गरिएको भन्दै त्यसलाई सार्वभौम सत्तामाथिको अपमानसँग तुलना गर्नुभयो।

महरले सभामुखमाथि पनि सत्तापक्षको पक्षपोषण गरेको आरोप लगाउँदै नियमावलीअनुसारको संसदीय प्रक्रिया पालना नभएको दाबी गर्नुभयो। विरोधका बाबजुद बलपूर्वक सदन सञ्चालन गरिएकोले संसद्को गरिमा प्रभावित भएको उहाँको भनाइ छ।

उहाँले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको विषयलाई “राष्ट्रहितविपरीत” भन्दै उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसदीय अभिलेखबाट हटाइनुपर्ने माग गर्नुभयो। उक्त विषय समाधान नभएसम्म संसद्को कामकारबाही अघि बढाउन उपयुक्त नहुने उहाँको धारणा छ।

महरले संसद् स्थगित रहेको अवधिमा संसदीय समितिका कामकारबाहीमा समेत एमाले सांसदहरूको सहभागिता नहुने जानकारी दिनुभयो।




भर्खरै