२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ



अ+ अ-

काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला परेका छन्। खुम्बु आइसफल क्षेत्रमा उनी बेहोस अवस्थामा हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो।

उनी सगरमाथा आधार शिविर क्षेत्र आसपास करिब एक सातापछि जीवितै फेला परेका हुन्। उद्धार टोलीले उनलाई खुम्बु आइसफल क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निकालेको थियो।

प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार लामो समय हिउँमा अलपत्र पर्दा हातखुट्टामा असर परेको भए पनि उनको अवस्था हाल स्थिर रहेको छ।

एक सातासम्म हराएर पनि जीवितै उद्धार भई काठमाडौँ ल्याइएको यो घटनालाई पर्वतारोहण तथा उद्धार क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन्।