३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस, ३ बजे बैठक बस्ने



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

उपनिर्वाचनमा जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि जिल्लाबाट सिफारिस भई आएका नामावलीउपर काङ्ग्रेस पदाधिकारी बैठकले यसअघि पनि विभिन्न चरणमा छलफल गरिसकेको छ । काङ्ग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विधानअनुसार पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको थियो । स्थानीय तहका सदस्यमध्ये भने अधिकांश स्थानमा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस भई आएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते र स्थानीय तहका सदस्यका लागि भने कात्तिक २७ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।