७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस, ३ बजे बैठक बस्ने



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

उपनिर्वाचनमा जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि जिल्लाबाट सिफारिस भई आएका नामावलीउपर काङ्ग्रेस पदाधिकारी बैठकले यसअघि पनि विभिन्न चरणमा छलफल गरिसकेको छ । काङ्ग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विधानअनुसार पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको थियो । स्थानीय तहका सदस्यमध्ये भने अधिकांश स्थानमा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस भई आएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते र स्थानीय तहका सदस्यका लागि भने कात्तिक २७ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।