५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

ठूला ‘जुवाडे’ लाई सम्पत्ति शुद्धीकरणले छानबिन गर्ने

ठूला ‘जुवाडे’ लाई सम्पत्ति शुद्धीकरणले छानबिन गर्ने
अ+ अ-

काठमाडौं । दुई करोड ६७ लाख नगदसहित पक्राउ परेका जुवाडे र कम तौल दिएर ग्राहक ठगी गर्दै आएका निर्माण सामग्री व्यवसायीहरूको सम्पत्ति छानबिन हुने भएको छ । उनीहरूले अवैध रूपमा करोडौँ सम्पत्ति कमाएको प्रारम्भिक छानबिनमा देखिएपछि पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने प्रहरीको तयारी छ । गत ९ कात्तिकमा प्रहरीले महाराजगन्जस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले खालबाटै दुई करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो, जुन जुवाबाट बरामद भएको अहिलेसम्मकै ठूलो परिमाणको रकम हो । यति धेरै पैसा उनीहरूले अवैध रूपमै कमाएकाले त्यसलाई जफत गरेर उनीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो । पक्राउ परेकाको पैसाको स्रोतको छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग समन्वय भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताए ।

जुवालगायत अवैध गतिविधिबाटै उनीहरूले करोडौँ सम्पत्ति आर्जन गरेको आशंकामा छानबिनका लागि पठाउन लागिएको हो । प्रहरीले जुवा खेलाउने विक्रम गौतमसहित रामकृष्ण केसी, इन्द्रबहादुर श्रेष्ठ, रञ्जन भण्डारी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, शोभित सिलवाल, सोहेल कार्की, पवनकुमार गुप्ता, गेल्जे लामा, पवित्रकुमार कार्की, बलराम सापकोटा, धावा लामा, मुक्ति लामा, शम्भुबहादुर बुढाथोकी, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुलीलाई पक्राउ गरेको थियो ।

उनीहरूमध्ये कतिपय विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन् । आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिको छानबिन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्दै आएको छ ।ट्रक नै ‘मोडिफाई’ गरेर तोकिएभन्दा कम तौलको सामान बेचेर ठगी गरको आरोपमा पक्राउ परेका २३ जना निर्माण सामग्री व्यवसायीको पनि सम्पत्ति छानबिन सुरु भएको छ ।

इँटा, गिट्टी, बालुवा, चिप्स तथा ढुंगाजस्ता निर्माण सामग्री बिक्रीमा ढुवानी गर्ने ट्रक तथा टिपर नै मोडिफाई गरी कम परिमाण दिएर तिनले ग्राहक ठगेको आरोपमा गत १ कात्तिकमा पक्राउ परेकाहरू प्रहरी हिरासतमै छन् । उनीहरूले त्यसरी करोडौँ सम्पत्ति आर्जन गरेको प्रहरीले जनाएको छ । ढुवानी गर्ने मिनिट्रकहरूमा पाँच इन्चसम्मको फलाम र काठको बक्स राखी परिमाण कम गरी ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको थियो । नयाँ पत्रिका दैनिकबाट