५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

गुठी संस्थान स्थापनाको ५६ वर्ष पुरा तर खर्च धान्न नसक्ने स्थितिमा

गुठी संस्थान स्थापनाको ५६ वर्ष पुरा तर खर्च धान्न नसक्ने स्थितिमा
अ+ अ-

काठमाडौं। गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको रकमबाट जात्रा पर्व सञ्चालन, देवस्थलका महन्थ पुजारी तथा कर्मचारीलाई खर्च भुक्तानी गर्न नसक्ने स्थिति आएको संस्थानले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेका लाखौं रोपनी जग्गा भाडामा लगाउँदासमेत खर्च धान्नै मुस्किल परेको संस्थानको भनाइ छ । संस्थानका अध्यक्ष नारायण चौधरी देशका ६९ जिल्लामा संस्थानको स्वामित्वका जग्गा रहेको बताउँछन् । संस्थानको स्वामित्वमा १४ लाख ५० हजार रोपनी जग्गा रहेको उनको भनाइ छ । जानकारहरू संस्थानले आन्तरिक व्यवस्थापन चुस्त बनाउन नसक्दा यस्तो समस्या आएको बताउँछन् । संस्थानसँग आफ्नो स्वामित्वमा रहेका सम्पत्तिको अधावधिक लागत र सम्पत्तिको अवस्थाबारेसमेत जानकारी नरहेको देखिन्छ ।

अध्यक्ष चौधरीका अनुसार ६९ मध्ये ३० जिल्लाको गुठी रैतानी जग्गाको लागत मात्र संस्थानसँग अधावधिक रहेको छ । बाँकी जिल्लाको समेत लागत संकलनको काम भइरहेको उनको भनाइ छ । संस्थानले सरकार तथा विभिन्न संघसंस्थाबाट झन्डै १७ अर्ब रुपैयाँ प्राप्त हुन नसकेको जनाएको छ । जग्गा भाडामा लगाएबापत प्राप्त हुनुपर्ने १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ पाउन नसकेको संस्थानले जनाएको छ । संस्थानको जग्गा भाडामा लगाउने क्रममा वैज्ञानिक भाडादर कायम गर्न नसक्दा समेत आम्दानीको स्रोतमा कमी आएको विज्ञहरू बताउँछन् ।

संस्थानको अर्को समस्या राजनीतिक र प्रशासनिक संलग्नताबाट गुठी जग्गा अतिक्रमण हुनु हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थानले आफूलाई समयानुकूल परिमार्जन गर्न नसकेको बताउँछिन् । संस्थान नेतृत्वले गुठीको सम्पत्ति संरक्षण र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । जसका लागि आवश्यक सबै पक्षसँगको छलफलपछि नयाँ ‘गुठी विधेयक’ ल्याउने तयारी भइरहेको जानकारी दिइन् । ‘संस्थानलाई समयानुकूल परिमार्जन गरेर प्राधिकरण संरचनामा लैजाने तयारी भइरहेको छ । गुठी विधेयक ल्याउनेबारे छलफल सुरु भइसकेको छ,’ मन्त्री अर्याल भन्छिन् ।

गुठीका सम्पत्ति संरक्षणको मुख्य जिम्मेवारी पाएको संस्थान संघीय संरचनाअनुरूप सञ्चालन हुन नसक्नुले समेत संस्थानलाई कमजोर बनाएको विज्ञहरू बताउँछन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम संस्थान केन्द्रीय संरचनाबाटै चल्न सम्भव नरहेको बताउँछन् । ‘संगठन संरचना विस्तार गरेर प्रदेश र स्थानीय तहमा संस्थानको उपस्थिति गर्नुपर्ने देखिन्छ’, उनले भने ।

उनले अतिक्रमण सम्बन्धमा संस्थानले आवश्यक सहयोग चाहेमा आफूहरू तयार रहेको बताए ।संस्थानको उपस्थिति र संरचनाकै कारण गुठीमाथिको अतिक्रमण बढिरहेको जानकारहरू बताउँछन् । संस्थानका पूर्वअध्यक्ष लक्ष्मण राज ज्ञवाली संस्थानको संरचना विस्तार गरेर योजना बनाएर अतिक्रमण हटाउनुपर्ने बताउँछन् । ‘अतिक्रमणको समस्यालाई योजना बनाएर नियन्त्रण गर्न सम्भव छ’, उनले भने । संस्थानको संरचना विस्तार हुन नसक्दा गुठीको सम्पत्ति संरक्षणमा चुनौती थपिएको उनीहरूको भनाइ छ ।

संस्थानका अनुसार ७१७ मठ मन्दिरमा संस्थानले महन्थ, पुजारी तथा मठाधीश नियुक्ति गर्ने गरेको छ । तर, संस्थानसँग पुजारी महन्थ र मठाधीश नियुक्तिका लागि आवश्यक मापदण्ड भने छैन । संस्थानका अध्यक्ष चौधरी यसअघि मापदण्ड नहुँदा पारदर्शिता र योग्यतामाथि प्रश्न उठ्ने गरेको स्विकार्छन् । अब भने कार्ययोजना बनाएर मापदण्ड तयार पार्न लागिएको उनको भनाइ छ । ‘हामीले कार्ययोजना बनाएर पुजारी, महन्थ र मठाधीशको नियुक्तिको आधार तयार पार्नेछौं । यसरी नियुक्ति हुने पुजारीलाई नित्यकर्मका साथै गुठीका सम्पत्तीको संरक्षणमा समेत जिम्मेवार बनाइनेछ’, अध्यक्ष चौधरीले भने । राजधानी दैनिकबाट