३० जेष्ठ २०८३, शनिबार
,
Latest
जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा लाखौँ कामदारको तलब बढ्ने



अ+ अ-

सिडनी। अस्ट्रेलियामा लाखौँ कामदारको तलब वृद्धि हुने भएको छ। राष्ट्रिय न्यूनतम ज्याला निर्धारण गर्ने निकायले गरेको वार्षिक ज्याला पुनरावलोकनपछि न्यूनतम ज्यालामा करिब ६ प्रतिशतको वृद्धि गर्ने निर्णय गरिएको छ।

यस अनुसार जुलाई १ देखि राष्ट्रिय न्यूनतम ज्याला प्रति घण्टा २४.९५ बाट बढेर २६.४४ अस्ट्रेलियन डलर पुग्नेछ। यस वृद्धिबाट करिब एक लाख न्यूनतम ज्याला पाउने कामदारहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

यसका साथै विभिन्न उद्योग, व्यवसाय र पेशाका लागि लागू हुने न्यूनतम दर अर्थात् अवार्ड ज्यालामा ४.७५ प्रतिशतको वृद्धि गरिने भएको छ। यो व्यवस्था अनुसार करिब २८ लाख अर्थात् कुल कामदारहरूको ठूलो हिस्साले तलब वृद्धिको लाभ पाउनेछन्।

अवार्ड ज्याला प्रणालीले कामदारहरूको आधारभूत तलब, कार्य घण्टा र न्यूनतम काम गर्ने अवस्था निर्धारण गर्ने भएकाले यस वृद्धिले धेरै क्षेत्रका कामदारहरूको आयमा प्रभाव पार्नेछ।

सरकारले महँगी नियन्त्रण र कामदारहरूको जीवनयापन खर्च बढिरहेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम ज्याला वृद्धि गर्न सिफारिस गरेको थियो। हाल अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति करिब ४.२ प्रतिशत रहेको छ भने सरकारी बजेट अनुमानअनुसार आगामी महिनाहरूमा यो करिब ५ प्रतिशतसम्म पुग्न सक्ने देखिएको छ।

यस्तो अवस्थामा कामदारहरूको क्रयशक्ति जोगाउन तलब वृद्धि आवश्यक भएको भन्दै सम्बन्धित आयोगले निर्णय सार्वजनिक गरेको हो। ,१९ जेठ (रासस/सिन्ह्वा)