५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

एसओएस वालग्रामकी ‘वहालवाला आमा’ लाई सम्झिँदै रुवावासी !

एसओएस वालग्रामकी ‘वहालवाला आमा’ लाई सम्झिँदै रुवावासी !
अ+ अ-

काठमाडौं १८ कात्तिक । त्यसो त आफुलाई जन्म दिने आमाको मृत्यु हुँदा नरुने कमै हुन्छन् । त्यसमाथि जन्म नदिएता पनि आफूहरुलाई स्याहार सुसार गर्दै हुर्काई बढाई गर्ने ‘एसओएस वालग्रामकी आमा’ को मृत्युको शोकसभामा ती आमाले हुर्काएका लालावालाको रुवावासीले शोकसभा झनै भावविह्वल बन्न पुग्यो ।


आफुहरुलाई हुर्काएकी आमाको मृत्यु प्रत्यक्ष देख्न नपाएका छोराछोरीले शोकसभामा स्वर्गीय आमाको तस्वीर देख्दा मनै थाम्न सकेनन् । एसओएस वालग्राम जोरपाटीकी ‘वहालवाला आमा’ विमला शर्माको क्यान्सरबाट निधन भएको दुई महिनाको तिथिमा एसओएस वालग्राम जोरपाटीले आयोजना गरेको शोकसभामा उनले हुर्काएका छोराछोरीदेखि उनका समकक्षी आमा र काकीहरुमात्रै नभई वालग्रामका सबै पदाधिकारीहरु भावविह्वल हुन पुगे । एसओएस वालग्रामको पारिवारिक घरमा आमाको पदमा कार्यरत रहेकै बेला आमाको मृत्यु भएको यो नै पहिलो घटना हो ।


२०२१ सालमा काठमाडौंको जमलमा जन्मिएकी आमा विमलाले शारीरिक अपाङ्गता भएका केटाकेटीहरुमात्रै राख्ने गरेको एसओएस वालग्राम जोरपाटीमा आफ्नो २१ वर्षे आमाको कार्यकालमा १५ जना शारीरिक अपाङ्गता भएका छोराछोरीको लालनपालन, स्याहार सुसार गरेकी थिइन् । उनले हुर्काएका ६ जना छोराछोरी वयस्क भएर रोजगारी समेत भई समाजमा पुनस्र्थापित भइसकेका छन् । उनी जोरपाटी वालग्रामको २ नं घर अर्थात् हर्मन घरकी आमा थिइन् ।
आमा विमलाको पाठेघरको क्यान्सर भएपछि उनको उपचारका लागि आवश्यक पर्ने सबै उपचार खर्च एसओएस वालग्राम जोरपाटीले नै वेहोरेको थियो । उनको मृत्युपछि आमाको हैसियतमा उनले पाउने सम्पूर्ण उपदान र अन्य सुविधा समेत गरी करीव ६ लाख रुपैयाँ उनको छोरा विपुल शर्मालाई एसओएस वालग्राम जोरपाटीले हस्तान्तरण गर्ने तयारी गरेको वालग्रामका निर्देशक रविन नेपालीले बताए ।


मुलुकभरी रहेका १० वटा एसओएस वालग्रामको हरेक पारिवारिक घरमा एकजना आमा र एकजना काकी हुन्छन् भने हरेक घरमा ८ देखि १० जना घरवार गुमाएका छोराछोरी बस्ने गर्छन् । त्यस्ता छोराछोरी हुर्काउनका लागि एसओएस वालग्रामले कम्तिमा एसएलसी उत्तीर्ण, अविवाहिता, एकल, परित्यक्त र विधवा महिलालाई आवश्यक तालीम दिएर नियुक्ति दिने गर्छ ।
स्वर्गीय आमा विमलाको शोकसभामा एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा, वित्त निर्देशक शेखर क्षेत्री, वालग्राम जोरपाटीका निर्देशक रविन नेपालीलगायतले स्वर्गीय आमा विमला शर्माको योगदानबारे चर्चा गरेका थिए ।


नेपालभरी रहेका १० वटा एसओएस वालग्राममा रहेका पारिवारिक घरमा कार्यरत करीव डेढसय जना आमामध्ये आमाको पदमा कार्यरत जोरपाटी वालग्रामकी आमा विमलाको पाठेघरमा लागेको क्यान्सरको कारण गत भदौमा मृत्यु भएको थियो । उनको नेपाल र भारत लगायतका अस्पतालमा उपचार गर्दा लागेको सबै खर्च एसओएस वालग्रामले वेहोरेको थियो । उनको निधनमा एसओएस वालग्राम नेपालले शोक व्यक्त गरेको छ ।