१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

संसद्मा शक्तिको चरम दुरुपयोग भएको सभापति थापाको आरोप, अदालतको हस्तक्षेपको माग

संसद्मा शक्तिको चरम दुरुपयोग भएको सभापति थापाको आरोप, अदालतको हस्तक्षेपको माग
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संसद्मा नियमावलीको ठाडो उल्लंघन भइरहेको बताउनुभएको छ ।

सोमवार लुम्बिनी प्रदेशको कार्यक्रममा बोल्दै उहाँले आईतवारको प्रतिनिधि सभा नियमावली पारितको विषयलाई संसदीय इतिहासकै लज्जास्पद विषय भएको बताउनुभएको हो ।

संसद सञ्चालनका लागि बनाइएका कानून र कार्यविधिहरूलाई बेवास्ता गर्दै शक्तिको चरम दुरुपयोग गरिएको उहाँको आरोप छ ।

सभापति थापाले संसद सञ्चालन गर्न बनाइएको नियमावली एउटा वैधानिक कानून भएको स्मरण गराउँदै, संविधान र प्रचलित कानूनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले कुनै अमुक व्यक्तिका लागि विशेष अधिकारको व्याख्या गर्ने र संसदको शक्तिको दुरुपयोग गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले यस्तो प्रवृत्तिको जनस्तरबाट समेत सक्रिय प्रतिरोध र विरोध भइरहेको बताउँदै संसद्मा नियमावली जबरजस्ती पारित गरिएकोमा आपत्ति जनाउनु भयो । यस विषयमा अब सम्मानित अदालतले बोल्नुपर्ने सभापति थापाको धारणा छ ।

उहाँले भन्नुभयो, ‘संसदबाट संसदको नियमको ठाडो उल्लंघन जसरी भइरहेको छ, यो संसदको इतिहासमै अत्यन्त लज्जास्पद विषय हो । संसदको नियमावली पारित गरियो, यो यहाँ सबैलाई थाहा छ । त्यो नियमावली किन ल्याइयो ? संसदको नियम भनेको संसद सञ्चालन गर्ने एउटा सानो कानून हो ।

जसरी कुनै बैठक सञ्चालन गर्नका लागि हामीले कानुन बनाएका हुन्छौँ, त्यसैगरी संसद सञ्चालन गर्न पनि नियम बनाइएको हो । सभामुखज्यूले आफैँ कहिल्यै नझुक्ने, कहिल्यै नरोकिने कामको पछाडि कस्तो प्रकारको दम्भ थियो ? संसद सञ्चालन गर्न बनाइएको कानूनमा जबरजस्ती गरेर, संविधानमा जे लेखिएको भएपनि र कानूनमा जे लेखिएको भएपनि यो संसद्भित्रका एउटा व्यक्तिसँग नेपालमा अरू कसैसँग नभएको विशेष अधिकार हुन्छ रे भन्ने व्यवस्था गरियो ।

अनि त्यो विशेष अधिकार के हो भन्ने कुराको अन्तिम व्याख्या गर्ने अधिकार पनि संसद् नै हुनुपर्छ भनेर अमुक व्यक्तिका लागि, अमुक पात्रका लागि हिजो संसदको शक्तिको चरम दुरुपयोग गरियो ।

शक्तिको चरम दुरुपयोग भएको कारण यहाँका नेपालीहरूको सक्रिय प्रतिरोध र विरोध भयो । तर पनि जबरजस्ती पारित गरियो । यस विषयमा अब सम्मानित अदालतमा मुद्दा जाने विश्वास छ, जानुपर्छ पनि। र सम्मानित अदालतले पनि यस्ता विषयमा, जहाँ कार्यपालिकाले संविधान र कानुनले दिएको आफ्नो अधिकार क्षेत्र मिच्छ, जहाँ न्यायपालिकाले आफ्नो सीमा नाघ्छ, वा जहाँ व्यवस्थापिकाले अधिकार क्षेत्र मिच्छ, त्यहाँ बोल्नैपर्छ ।’

कार्यपालिका, न्यायपालिका वा व्यवस्थापिका जसले आफ्नो क्षेत्राधिकार मिचे पनि त्यस्तो अवस्थामा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल