३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रलाई प्राथमिकता दिन व्यवसायीहरूसँग मुख्यमन्त्रीको आग्रह



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले उद्यमी–व्यवसायीहरूलाई पर्यटन क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नभएको छ ।

ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ‘कोशीको गन्तव्य, अनुभव र सम्भावना’ पुस्तकको आज यहाँ लोकार्पण गर्दै उहाँले पर्यटन प्रवद्र्धनले मुलुकको समृद्धि, रोजगारी सिर्जना र गरिबी घटाउन सघाउने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले पर्यटन पूर्वाधार विकासका लागि कम्तीमा १० वर्षसम्म निरन्तर रूपमा राज्यले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ओरिएन्टल पब्लिकेशनका प्रबन्धक हरि गौतमले कोशी क्षेत्र अवसर, सम्भावना र चुनौतीको सङ्गम भएकाले यसको समग्र विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

पुस्तकका लेखक वासुदेव बरालले आफ्नो सिर्जना पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार कृष्ण साह र सीमा आवासले पुस्तकको समीक्षा गर्दै कोशी प्रदेशको पर्यटनबारे जान्न चाहनेका निम्ति पुस्तक सङ्ग्रहणीय छ भन्नुभयो । रासस