२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व शान्तिमा नेपाली सेनाको योगदान महत्वपूर्ण छ : प्रधान सेनापति



अ+ अ-

काठमाडाैँ । प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्रसङ्घको बडापत्रमा आधारित भई राष्ट्रसङ्घीय शान्ति मिसनका माध्यमबाट विश्वका विभिन्न देशमा नेपाली सेनाले पुर्याउँदै आएको योगदान विश्व शान्तिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकको अन्तरराष्ट्रिय दिवसका अवसरमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले नेपाली सेनाले विश्वमा शान्ति स्थापनार्थ पु¥याएको ऐतिहासिक योगदानको स्मरण गर्नुभयो ।

नेपाली सेनाको मुख्य लक्ष शान्ति स्थापना गर्नु हो भन्दै प्रधान सेनापति सिग्देलले यही उद्देश्यमा अटल रहेर नेपाली सेनाले काम गरिरहेको स्पष्ट गर्नुभयो । कामप्रतिको प्रतिबद्धता, व्यावसायिकता र इमान्दारिता नेपाली सेनाको पहिचान रहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाले विश्वस्तरमा आर्जन गरेको प्रतिष्ठा नेपाल र नेपालीका लागि गौरवको विषय हो भन्नुभयो । विभिन्न मिसनमा कार्यरत शान्ति सैनिकहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले भन्नुभयो, “हाल विभिन्न मिसनमा खटिएका तथा निकट भविष्यमा खटिन लागेका सबै शान्ति सैनिकहरू, तपाईंहरूको सेवाले द्वन्द्वका कारण जोखिममा परेका विश्वका लाखौँ नागरिकको आशा र भरोसा बोकेको हुन्छ । तपाईँहरूको व्यावसायिकता, करुणा, इमानदारिता र त्यागले नेपालको वास्तविक भावनाको प्रतिबिम्बित गर्दछ । यही तथ्यलाई आत्मसात् गरेर आफ्नो शान्ति स्थापना कार्यमा लाग्नुहोला ।”

नेपाल सदैव विश्व शान्तिप्रति समर्पित रहँदै आएको बताउँदै प्रधान सेनापतिले शान्ति स्थापना कार्यका बहुआयामिक चुनौतीहरूको सामना गर्दै नेपाली शान्ति सैनिक जटिल र परिवर्तनशील परिस्थितिमा पनि अनुशासन, कर्तव्यवोध र पेशाप्रतिको समर्पणभावका पक्षमा अटल रहेकामा गौरव गर्नुभयो । विश्व शान्ति स्थापनाका लागि नेपाली सेनालाई आवश्यक सहयोग र विश्वास प्रदान गरेकामा संयु््क्त राष्ट्रसङ्घ, विश्व समुदाय, रक्षा तथा परराष्ट्र मन्त्रालयसहित सम्बद्ध सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा प्रधान सेनापति सिग्देलले मिसन इलाकामा मृत्यु भएका दुई जना सैनिकका परिवारलाई सम्मानपत्र र शान्ति स्थापनार्थ खटिइ उत्कृष्ट कार्य गर्ने पाँच जना सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा उपरथी अनुपजङ्ग थापाले नेपाली सेनाले विविधताबीच एकता र सहकार्यमा आधारित शक्ति आर्जनका माध्यमबाट विश्वमा नै शान्ति सेनाको ख्याति आर्जन गरेको स्पष्ट गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा रहेको जानकारी दिनुभयो । उहाँले विश्व शान्ति स्थापनाका पक्षमा नेपाली सेनाको भूमिका, योगदान र उपलब्धिका बारेमा पनि चर्चा गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न नौ वटा मिसनमा नेपाली सेनाका चार हजार १७९ जना शान्ति सैनिक कार्यरत रहेका छन् ।

विश्व शान्ति स्थापनाका सिलसिलामा हालसम्म विश्वका विभिन्न मिसनमा गरी ४४ जना सैनिकले ज्यान गुमाएका जानकारी पनि सो अवसरमा दिइएको थियो । त्यस अवसरमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भूमिकाका बारेमा जानकारी गराइएको थियो । सन् १९८६ मा स्थापना भएको यस केन्द्रले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा जाने सैनिकलाई आवश्यक पूर्वतयारी, यससम्बन्धी आवश्यक अभ्यास तथा तालिम प्रदान गर्ने गर्दछ ।