५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

महरालाई भयो जेल चलान: जेलमा पूर्वआइजिपी र डिआइजी महराका ‘रुममेट’ हुने

महरालाई भयो जेल चलान: जेलमा पूर्वआइजिपी र डिआइजी महराका ‘रुममेट’ हुने
अ+ अ-

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । सोमबार थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो । उनलाई सोमबारै डिल्लीबजार कारागार पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

‘गरिमामय पदमा आसीन प्रतिवादी कृष्णबहादुर महराले आफ्नै कार्यालयमा कार्यरत महिलालाई जबर्जस्ती करणी उद्योगजस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निजउपर लगाइएको अभियोग उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुनबमोजिम निज प्रतिवादीलाई हुन सक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्थासमेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादीलाई प्रस्तुत मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई डिल्लीबजार कारागार पठाइदिनू,’ अदालतको आदेशमा भनिएको छ ।

संसद् सचिवालयकी महिला कर्मचारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा महरालाई पक्राउ गरी गत बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ङ)मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलामाथि जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । जेलमा सबै कैदी बन्दीलाई एउटै सुविधा हुने र महरा पनि संयुक्त कोठामै बसेको डिल्लीबजारका जेलर अरुण पोखरेलले बताए । ‘जेलमा सबैलाई एउटै सुविधा हुन्छ,’ उनले भने, ‘उहाँलाई पनि अरूसँग ठूलो कोठामा राखिएको छ ।’

जेलमा कैदी/बन्दीहरूले जेलकै आन्तरिक प्रशासनको आदेश मान्नुपर्ने हुन्छ । सोही कारागारको ख ब्लकमा निलम्बित सांसद रेशम चौधरीसमेत छन् । ख ब्लकमा करिब एक सय ५० कैदी/बन्दी छन् । डिल्लीबजार कारागारका दुवै ब्लकमा क्षमताभन्दा ५० प्रतिशत धेरै कैदी बन्दी छन् । जेल चलान भएपछि महराका अब दुई विकल्प छन् । पहिलो साधारण तारेखमा छुट्नका लागि उच्च अदालत जाने वा मुद्दाको फैसला नभएसम्म जेलमै बस्ने । उनका वकिलहरू उच्च अदालत जाने तयारीमा छन् ।

भिआइपी अभियुक्तले डिल्लीबजार कारागार किन रोज्छन् ?: सामान्यतः ‘भिआइपी अभियुक्त’हरूले डिल्लीबजार कारागार नै रोज्ने गर्छन् । अन्यत्रभन्दा आफन्तहरूसँग भेटघाट सहज हुने भएकाले धेरैले डिल्लीबजार रोज्ने गरेका हुन् । सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् । यसमध्ये क ब्लकमा महरा बसेका छन्, जहाँ करिब ४५० जना कैदी बन्दीहरू छन् । क ब्लकमा रहेका पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला महराका ‘रुममेट’ बनेका छन् ।

ठकुरी र कोइराला बस्दै आएको कोठामा महरालाई राखिएको छ । ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् । सर्वोच्च अदालतले दोषी ठहर गरेपछि पनि लामो समय फरार रहेका उनी गत १९ असारमा सर्वोच्चमा उपस्थित भएका थिए । उनलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको थियो ।

सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । ठकुरी र कोइराला बस्ने कोठा तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले महरालाई त्यहीँ राखिएको स्रोत बताउँछ । नयाँ पत्रिका दैनिकबाट