५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयल च्यालेन्जर्स बेङ्गलुरूलाई आईपीएलको उपाधि



अ+ अ-

काठमाडौं। रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलुरुले उपाधि रक्षा गरेको हो।

बेङ्गलुरुले पहिलो क्वालिफायरमा पनि गुजरातलाई ९२ रनले हराएको थियो। गुजरातले दिएको १५६ रनको लक्ष्य बेङ्गलुरु १२ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो।

बेङ्गलुरुका लागि विराट कोहली ७५ रनमा अविजित रहे। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। जितेश शर्मा ११ रनमा नटआउट रहे। टिम डेविडले २४ र कप्तान रजत पाटिदारले १५ रन थपे।

त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको गुजरातको सुरुआत खराब रह्यो। तर, वाशिंगटन सुन्दरको इनिङ्सले टोलीलाई सम्मानजनक स्कोर बनाउन मद्दत गर्‍यो।

गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। सुन्दरले अविजित ५० रन बनाए। कप्तान शुभमन गिल (१२) र साई सुदर्शन (१०) चाँडै आउट भए। निशान्त सिन्धु (२०), जस बटलर (१९), अर्शद खान (१५) र राहुल तेवाटिया (७) ले पनि उल्लेखनीय योगदान दिन सकेनन्।

बेङ्गलुरुका रसिक सलामले सर्वाधिक तीन विकेट लिए। भुवनेश्वर कुमार र जश हेजलवुडले दुई-दुई विकेट लिए।

आईपीएलको सर्वााधिक उपाधि जित्नेमा पनि चेन्नई र मुम्बई अगाडि छन् । दुवैले ५-५ पटक उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ उपाधि जितेका छन् ।




भर्खरै